कोभिडका कारण १७ प्रतिशत होटल बन्द

पत्रपत्रिकाबाट

विहीबार, १७ भदौ २०७८, ०८ : १५
कोभिडका कारण १७ प्रतिशत होटल बन्द

काठमाडौं । कोभिडका कारण   १७   प्रतिशत   होटल   बन्द भएको  र  पर्यटन  उद्योगमा  कार्यरत १०  लाखभन्दा  धेरै  श्रमिक÷मजदुरको रोजगारी  जोखिममा  परेको  छ ।  

नेपाल उद्योग   परिसङ्घले   पर्यटन   क्षेत्रसँग सम्बन्धित  सङ्घसंस्थाका  प्रतिनिधिसँग विद्यमान सङ्कट र त्यसको समाधानका उपायका  विषयमा  गरेको  छलफलमा उक्त जानकारी गराइएको हो ।

छलफलमा  सहभागीले  देशव्यापी रूपमा कोभिड–१९ विरुद्धको भ्याक्सिन  लगाएर  नेपाललाई  भ्रमणका लागि   सुरक्षित   गन्तव्यको   पहिचान दिन  सरकारले  काम  गर्नुपर्ने  सुझाव दिएका छन्। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस