काठमाडौं । नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । आज १.१८ अंकले बढेको नेप्से २९७७.०२ विन्दुमा रोकिएको छ ।केही दिनदेखि घट्दै आएको बजारमा आज बजार खुलेदेखि नै नेप्से बढेको थियो ।
तर, पुन केरेक्सन आउँदै अन्त्यमा थोरै अंकले घट्यो । आज १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ताको किनबेचमा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६४५ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै रु रु जलविद्युत कम्पनीको सेयर मूल्य ७.५५ प्रतिशतले बढेको छ । यसैगरी, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५९ करोडबराबरको कारोबार भयो ।
आज ६८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०५ कम्पनीको सेयर मूल्य घट्न पुगेका छन् । ११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ भदौ २०७८, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट