सभामुख सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाइ भएन

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, १२ : २७
सभामुख सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाइ भएन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा  पेशी चढे पनि बुधबार सुनुवाइ भएन । सापकोटा विरुद्धको अदालतको अवहेलना र द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने गरी पेशीमा चढेको थियो ।

संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले कानून व्यवसायी हुँदा रिट निवेदकको पक्षबाट बहस गरेको हुनाले हेर्न नमिल्नेमा परेको हो । सापकोटाको मुद्दा १० वर्षदेखि अदालतमा विचाराधीन छ ।

काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै पत्नी पूर्णिमाया लामाले सापकोटाविरुद्ध २०६८ सालमा मुद्दा दायर गरेकी थिइन् । द्वन्द्वकालीन घटना भएकाले यो मुद्दालाई सुशीला कार्कीको पालामा संवैधानिक इजलासमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस