‘आकाशबाट झरेको हिरा’ सौर्य मण्डलको हराएको ग्रहको भएको पुष्टि

बुधबार, ०५ बैशाख २०७५, १७ : २४
‘आकाशबाट झरेको हिरा’ सौर्य मण्डलको हराएको ग्रहको भएको पुष्टि

सन् २००८ मा एक हिरा रहेको अन्तरीक्ष पत्थर पृथ्वीको वायुमण्डलमा विष्फोट भएको थियो । यो पत्थर सौर्य मण्डलको प्रारम्भमा हराएको ग्रहको अवशेष भएको अध्ययनले देखाएको छ ।
‘प्रोटो–प्लानेट’ भनिने अभिभावक ग्रह अर्बौ वर्ष पहिले अस्तित्वमा थियो । पछि यो एक आपसमा ठक्करबाट टुक्रा टुक्रा भयो । यो बुध र मंगल जत्रो भएको अनुमान गरिएको छ । वैज्ञानिकहरुको एक समुहले तीनको अध्ययनको नतिजा नेचर कम्युनिकेशन जर्नलमा प्रकाशित गरेका छन् । हिरा बनाउन उपयुक्त हुने दवाव यो आकारको ग्रहमा मात्र हुने तीनले तर्क गरेका छन् ।

उच्च स्तरको सुक्ष्मदर्शक यन्त्रको प्रयोग गरेर अध्ययनकर्ताहरुले पत्थरमा रहेको हिराको मापन गरेका थिए । २००८ टी.सी.३ नामक क्षुद्रग्रह विस्फोट पछि उत्तर सुडानको नुवियन मरुभूमिमा छरिएको थियो ।अनुसन्धान समुहले लेखेको छ “हाम्रो मापनले पहिलो पटक हराएको त्यो विशाल पिण्डको बलियो प्रमाण दिएको छ ।”

यो निष्कर्षले आजको सौर्य मण्डलका ग्रहहरु यसको शुरुवाति अवस्थामा रहेको १० प्रोटो–प्लानेटबाट बनेको हो भन्ने सिद्धान्तलाई बल दिएको छ । नुवियनमा खसेको उल्कापिण्ड युरेइलिट्स नामक वर्गीकरणमा पर्दछ । यो खालको वस्तु पृथ्वीमा झर्ने कुल पदार्थको १% हिस्सा ओगट्दछ । अनुसन्धानकर्ताहरुले सबै युरेइलिट्स क्षुद्रग्रहहरु प्रोटो–ग्रहको अवशेष हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस