ठमेलमा निर्वाधरुपमा व्यवसाय गर्न पाउनुपर्ने माग

रासस

मंगलबार, १५ भदौ २०७८, २१ : १४
ठमेलमा निर्वाधरुपमा व्यवसाय गर्न पाउनुपर्ने माग

काठमाडौँ । ठमेल क्षेत्रका रात्रिकालीन एवं स्पा व्यवसायीले निर्वाधरुपमा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । 

ठमेलका क्षेत्रका व्यवसायीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई भेटेर यस क्षेत्रमा निर्वाधरुपमा व्यवसाय गर्ने वातावरण निर्माण गर्न माग गरेका हुन् ।

ठमेलका घरधनी, व्यवसायी एवं कर्मचारीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेकाले स्वास्थ्य मापदण्ड अपनाएर रात्रिकालीन एवं स्पा व्यवसाय सञ्चालन गर्न माग गरिएको ठमेल पर्यटन परिषद्का उपाध्यक्ष भविश्वर शर्माले जानकारी दिए । 

“निषेधाज्ञा अगाडिको समयमा जस्तै ठमेलभित्र व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ”, उनले भने । कोभिड–१९ सङ्क्रमणका कारण जारी गरिएको निशेषधाज्ञाले काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा ठूलो असर पुगेको छ । 

प्रतिक्रिया दिनुहोस