नेकपा एकीकृत समाजवादीको बैठक बस्दै, मन्त्री छनोटको मापदण्ड बनाउने तयारी

सफल खबर संवाददाता

मंगलबार, १५ भदौ २०७८, १५ : ०८
नेकपा एकीकृत समाजवादीको बैठक बस्दै, मन्त्री छनोटको मापदण्ड बनाउने तयारी

काठमाडौं ।सरकारमा जाने तयारीमा रहेको नवगठित नेकपा एकीकृत समाजवादीले मन्त्री छनोटको मापदण्ड बनाउने भएको छ । नेकपा एसले सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरि समावेशी सिद्धान्तका आधारमा मन्त्री छनोटको मापदण्ड बनाउन लागेको हो ।

मन्त्री छनोटको मापदण्ड बनाउन अहिले केहीबेरमा सो पार्टीका शीर्ष नेताहरु छलफल गर्दैछन् । भूगोल, समावेशीता र यसअघि सरकारमा जाने अवसर नपाएकालाई समेटेर मन्त्रिपरिषदमा पठाउनेबारे छलफल गर्न लागेको नेकपा एसका नेता गंगालाल तुलाधरले जानकारी दिए ।

‘केही केन्द्रीय कमिटीका कमरेडहरुसहितको तत्कालीन एमालेको स्थायी समितिमा रहेका नेताहरुको केहीबेरमा बस्ने तयारी छ । मन्त्री छनोटको मापदण्ड बनाउने लगायतका अन्य विषयमा छलफल गर्दैछौँ’, उनले भने ।

वर्तमान सरकार गठनमा निर्णायक भूमिका खेलेको नेकपा एस सरकारमा जाने निश्चित भए पनि मन्त्रिपरिषदमा पठाउनेको नामबारे निर्णय गरिसकेको छैन । नेकपा एसले पौने भनेको ६ मन्त्री र एक राज्यमन्त्रीमा दर्जन बढी नेताको नाम चर्चामा छ । तिनै मध्येबाट भूगोल, समावेशिता र नयाँ- पुरानालाई मिलाएर मन्त्री छनोट गर्नेबारे छलफल भैरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस