काठमाडौं । नेकपा एमालेले पार्टी विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्न नेतालाई जिम्मेवारी तोकेको छ । स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयसहित सोमबार जारी गरिएको अन्तरपार्टी निर्देशनमा सातवटै प्रदेशमा १० बुँदे कार्यान्वयन गर्न ३२ नेतालाई जिम्मेवारी तोकिएको हो ।
एमालेले २०७५ जेठ २ कै पार्टी संरचनाअनुसार प्रदेश इन्चार्जको भूमिकामा रहेका नेतालाई राखेर प्रदेशमा १० बुँदे कार्यान्वयन गर्न प्रदेश–१ मा भीमप्रसाद आचार्य, सुवासचन्द्र नेम्वाङ, शेरधन राई, देवराज घिमिरे, टंक आङ्बोहाङ र प्रदेश–२ मा सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु शाह, सुमन प्याकुरेल, ज्वालाकुमारी साहलाई जिम्मेवारी दिएको छ ।
त्यसै गरी, वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी, आनन्द पोखरेल, गण्डकी प्रदेशमा किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत् विश्वकर्मा, लीलबहादुर थापा, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, दलबहादुर राना, लीला गिरी, कर्णाली प्रदेशमा युवराज ज्ञवाली, यामलाल कँडेल, गोरख बोगटी, धर्मराज रेग्मी, सुदूरपश्चिम प्रदेशमा भीमबहादुर रावल, लेखराज भट्ट र कर्णबहादुर थापालाई जिम्मेवारी तोकिएको छ ।
त्यसै गरी, जनसंगठनहरूमा ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी तोकिएको छ । जिम्मेवारी तोकिएका नेताले पार्टीभित्र विद्यमान समस्या समाधानसम्बन्धी १० बुँदे प्रस्तावमा आधारित निर्णयहरू कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्नेछ । केन्द्रीय निकाय तथा विभागहरूलाई पूर्णता दिने विषयमा आवश्यक गृहकार्य गर्न भीम रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्टलाई जिम्मेवारी दिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १५ भदौ २०७८, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)