आफ्नो नाममा बन्ने फिल्म खेल्न राजेश हमालद्वारा अस्वीकार

पत्रपत्रिकाबाट

सोमबार, १४ भदौ २०७८, ०८ : १७
आफ्नो नाममा बन्ने फिल्म खेल्न राजेश हमालद्वारा अस्वीकार

काठमाडौं । अभिनेतना राजेश हमालले आफ्नै नाममा निर्माण हुँदै गरेको चलचित्र ‘म राजेश हमाल’मा काम नगर्ने भएका छन् ।

यो चलचित्रमा सुरुमा अभिनेता हमाललाई मुख्य भूमिकामा प्रस्ताव गरिएको थियो । त्यो भूमिकालाई अभिनेता हमालले स्वीकार गरेनन् । उनलाई फेरि यो चलचित्रमा अतिथि भूमिकामा प्रस्ताव गरियो । त्यो भूमिकालाई पनि अभिनेता हमालले अस्वीकार गरेका छन् ।

आफ्नो नाममा चलचित्र निर्माण हुनु खुसीको कुरा भएको यी अभिनेताको कथन छ । तर, आफू अर्को चलचित्रमा आबद्ध भएका कारण यो चलचित्रमा काम गर्ने समय नमिलेको उनले स्पष्ट पारेका छन् ।

अभिनेता हमालका अनुसार उनी नयाँ चलचित्र सत्यम्मा अनुबन्धित भएका छन् । यो चलचित्रको छायांकन चाँडै हुँदै छ । सो चलचित्रमा आफू मुख्य भूमिकामा रहने भएकाले पनि आफू अतिथि भूमिकामा जोडिन नचाहेको पनि यी अभिनेताले स्पष्ट पारेका छन् ।

यो चलचित्रको नाम म राजेश हमाल भए पनि चलचित्र अभिनेता राजेश हमालको जीवनीमा आधारित नरहेको निर्माण पक्षले स्पष्ट पारेको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस