काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले पार्टीले लिएको समाजवाद स्थापनाको कार्यभारलाई पूरा गर्ने गरी अगाडि बढ्न युवालाई आग्रह गर्नुभएको छ ।
वाईसीएल नेपालको जारी राष्ट्रिय भेलाको सम्बन्धमा आज आयोजित बन्दसत्रलाई सम्बोधन गर्दै उनले आर्थिक विकास सहितको समाजवादी यात्राका लागि युवाले नै नेतृत्व गर्ने भएकाले सोही अनुसारको कार्ययोजना र त्यसको कार्यान्वयन जरुरी रहेको बताए ।
राजनीतिक परिवर्तनलाई स्थायी बनाउँदै देश र जनताको आवश्यकतालाई परिपूर्ति गर्ने गरी युवाले अब हरेक क्षेत्रमा पहलकदमी लिनुपर्ने उनको भनाइ थियो । वाईसीएलको श्रव्य दृश्यका माध्यमबाट जारी राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्र जारी रहेको प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिए । बन्दसत्रमा राजनीतिक, आर्थिक प्रतिवेदनको छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।
भेलामा अध्यक्ष रामप्रसाद सापकोटाद्वारा प्रस्तुत प्रतिवेदन परिमार्जित भई पारित गरिएको हो । समृद्धि, उत्पादन र विकास केन्द्रित रहेर हालसम्मका उपलब्धिको रक्षा गर्दै सङ्गठनलाई नयाँ प्रणालीमार्फत डिजिटलाइज गर्दै जनजीवनको उत्थान गरी समाजवादी बाटोमा अगाडि बढ्ने निष्कर्ष प्रतिवेदनको रहेको छ । बन्दसत्रले २३१ सदस्यीय केन्द्रीय समिति, ३५ सदस्यीय पदाधिकारी र तीनवटा केन्द्रीय आयोग निर्माण गर्ने भएको छ ।
वाईसीएलले राष्ट्रिय भेलाबाट सहमतिमा नै नेतृत्व चयन गर्ने भएको छ । अध्यक्ष सापकोटाले अध्यक्षबाट हट्ने निर्णय गरिसक्नुभएको छ । उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै नयाँ नेतृत्वसमेत सहमतिमा चयन गर्नुपर्नेमा जोड दिए । उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुबोध श्रीपालीले अध्यक्षमा इच्छा व्यक्त गरेका छन् । छलफलका आधारमा सोमबार नेतृत्व चयन हुने वाईसीएलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १३ भदौ २०७८, २२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन