प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर

सफल खबर संवाददाता

आइतबार, १३ भदौ २०७८, १४ : ३३
प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर

जनकपुरधाम । प्रदेश २ मा मुख्यमन्त्री लालबाबु यादवले मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

साहले आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको बताए । यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी विजय यादवले सम्हालेका थिए । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार यादवलाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यादव जसपाका प्रदेश अध्यक्ष पनि हुन् ।

मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको र त्यससम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालय समेतलाई बुझाइसकिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस