कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

आइतबार, १३ भदौ २०७८, ०७ : ५४
कस्तो रहला आजको मौसम ?

काठमाडौं । आइतबार पनि नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ। यस्तै मनसुनको न्युन चापिय रेखा समेत तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जसका कारण आइतबार बिहान  देशभर सामान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही  स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

यस्तै आइतबार दिउँसो देशको अधिकांस भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  उसो त प्रदेश १,  गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित भारी सम्भावना रहेको छ। 

राति पनि देशभर बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश १, बागमती, कर्णाली  र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस