एमालेको फुट र माओवादी कमजोर हुँदा कांग्रेसको बहुमत : कोइराला

सफल खबर संवाददाता

शनिबार, १२ भदौ २०७८, १९ : ३२
एमालेको फुट र माओवादी कमजोर हुँदा कांग्रेसको बहुमत : कोइराला

दाङ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने बताएका छन । दाङको घोराहीमा सन्चारकर्मीसँगको कुराकानीमा उनले पार्टी सभापतिमा आफू उठ्ने बताएका हुन् ।

पार्टीको महाधिवेसनमा तपाई सभापतिमा उठ्नु हुन्छ कि नाइ भन्ने पत्रकारको जिज्ञासामा महामन्त्री कोइरालाले भने, ‘सभापतिमा किन नउठ्नु र, अबश्य उठ्छु नि ।’ उनले सभापतिमा उठ्ने मात्रै भनेनन्, उम्मेदवारीबाट पछाडि नहट्ने दाबी पनि गरे ।

त्यस्तै नेपालि काग्रेसका आमन्त्रित केन्द्रिय सदस्य कृष्णकिसोर घिमिरे, कांग्रेसका नेता किरणकिशोर घिमिरे र पार्टीका पुर्ब जिल्ला सचिब कमलकिशोर घिमिरेको आमा यबादेबि शर्माको सम्झनामा नेपाली कांग्रेस दाङले शनिबार रामपुरमा आयोजना गरेको श्रद्धाञ्जलि सभा कार्यक्रममा बोल्दै महामन्त्रि कोइरालाले पार्टीको महाधिबेशन निर्धारित मितिमै हुने भन्दै महाधिबेसनको तयारीमा जुट्न कांग्रेस नेता, कार्यकर्तालाइ निर्देशन दिए । 

पार्टीको निर्बाचन नै अन्तिम नभएको भन्दै आउने आम निर्बाचन कांग्रेसको प्रतिष्ठाको लडाइ भएकाले यसमा खरोरुपमा उत्रनुपर्ने उनको भनाइ छ । एमाले फुटेको र माओबादि केन्द्र कमजोर भएकाले आउने निर्बाचनमा कांग्रेसले बहुमत ल्याउने उनको दाबी थियो । 

प्रतिक्रिया दिनुहोस