कोरोना प्रकोपबीच पनि भौतिक उपस्थितिमै पठनपाठन

सफल खबर संवाददाता

शनिबार, १२ भदौ २०७८, ०७ : ५२
कोरोना प्रकोपबीच पनि भौतिक उपस्थितिमै पठनपाठन

सिन्धुपाल्चोक । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेका सिन्धुपाल्चोकका अधिंकाश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ ।

सिन्धुपाल्चोकका १२ स्थानीय सरकारमध्ये सुनकोसी र भोटेकोसी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय सरकारअन्तर्गत रहेका सामुदायिक र निजी विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको हो ।

कोरोना कहरसँगै बाढी पहिरोको चपेटामा परेको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिकामा समेत केही दिनदेखि शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा नियमित पठनपाठन सुरु गरिएको छ । डीसीसीएमसीले पठनपाठन सुरु गर्न औपचारिक रूपमा निर्णय नगरे पनि गाउँपालिकाले आफ्नो क्षेत्रमा पठनपाठन सुरु गरेका हुन् ।

लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीमा समस्या भएको भन्दै कतिपय गाउँपालिका र नगरपालिकाले विद्यालय सञ्चालन गर्न नभने पनि विद्यालय आफंैले विद्यार्थी बोलाएर पठनपाठन सुरु गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाअन्तर्गतका सबै विद्यालयमा दुई सातादेखि नै भौतिक उपस्थितिमा पठनपाठन सुरु गरिएको नगरपालिकाका शिक्षा शाखाका अमित घिमिरेले बताए । राजधानी दैनिकमा खबर छ । 
 

प्रतिक्रिया दिनुहोस