काठमाडौँ । माधव नेपाल नेतृत्वको नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी) सरकारमा जानलाई खुट्टा उचालीसकेको छ । यसअघि नै समाजवादीका अध्यक्ष माधव नेपालले छिटै सरकारमा सहभागी हुने बताइसकेका छन् । एकीकृत समाजवादीमा मन्त्री बन्नेहरुको लाइन लागेको छ ।
मन्त्रीका आकांक्षी धेरै भएपछि माधव नेपाललाई समेत नेताहरुलाई मिलाउन पनि हम्मे परिरहेको छ । एकीकृत समाजवादीमा मन्त्री बन्न १० जना नेताहरुले दौडधूप गरिरहेका छन् । एकीकृत समाजवादी कोकोलाई मन्त्री बनाउने भन्ने आन्तरिक गृहकार्यमा लागेको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले माधव नेपालको पाटी एकीकृत समाजवादीलाई ६ वटा मन्त्रालय दिने भएको छ । मिलाउन जटिल अवस्था आए माधव नेपाल समूहलाई ८ वटा मन्त्रालय दिन सकिने वचन देउवाले दिएका छन् । मन्त्री बन्न रस्साकस्सीमा एसपाका नेताहरु लागिरहेका छन् ।
वामदेव गौतम पत्नी तुलसा थापा पनि मन्त्री बन्ने लाइनमा देखिएकी छन् । बामदेव गौतम र तुलसाले माधव नेपाललाई साथ दिएका छन् । अर्की नेतृ रामकुमारी झाँक्री पनि मन्त्री बन्ने लाइनमा बसेकी छन् । महिला त्यसमा पनि एकीकृत समाजवादी गठनमा सक्रिय भूमिका निभाएकी झाँक्री मन्त्री बन्ने पक्काजस्तै भएको छ ।
एकीकृत समाजवादी पार्टीमा कलम चिन्ह लिएर स्वतन्त्र हैसियतमा राष्ट्रियसभा सदस्य जितेका खिमलाल देवकोटा पनि मन्त्री बन्नको लागि दौडधूप गरिरहेका छन् । उनले राष्ट्रिय सभाको चुनावमा रामबहादुर थापा बादललाई हराएका हुन् । बादललाई हराएकोले यसपटक आफूले मन्त्री बन्न पाउनुपर्ने दाबी उनले गरेका छन्।
स्थायी कमिटी सदस्य बेदुराम भुसाल पनि मन्त्री बन्ने लाइनमा छन् । उनी हालसम्म मन्त्री बन्ने अवसर पाएका छैनन् । २०४८ सालमै सांसद भएका विरोध खतिवडा पनि मन्त्रीको दौडमा छन् । उनले छुटै पार्टी निर्माणमा माधव नेपाललाई साथ दिएका थिए । पुराना नेता मुकुन्द न्यौपानेले पनि यसपटक जसरी पनि मन्त्री बन्ने लाइनमा छन् ।
एमालेबाट फुटाएर एकीकृत समाजवादी बनाउन कस्सिएर लागेको मेटमणि चौधरी पनि मन्त्री बन्ने दौडमा छन् । उनी आदिवासी जनजाति थारु समुदायबाट पनि आफू मन्त्रीमा पर्नुपर्ने दावी गरिरहेका छन् । केपी ओली समूह छाडेर पछिल्लो दिन नेपालतिर खुलेका प्रेम आले र किसान श्रेष्ठ पनि मन्त्रीको दौड छन्। ओली समूहले आले र श्रेष्ठलाई मन्त्री खान गएको आरोप लगाएका छन् ।
सुदूरपश्चिमबाट निरादेवी जैरुले मन्त्री बन्न पाउनुपर्ने दावी गरेकी छन्। दलितबाट मन्त्री बन्न पाउनुपर्ने भन्दै पार्वती विशंखेले लविङ गरिरहेकी छन् । सांसदसँगै केही केन्द्रीय सदस्यलेसमेत मन्त्री पदमा आकांक्षा देखाएका छन्। माधव नेपाललाई यतिबेला मन्त्री छान्न सकस परिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ भदौ २०७८, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पतञ्जली जग्गा प्रकरणमा कसरी जोडिए माधव नेपाल ? विशेषमा मुद्दा लैजाने अख्तियारको तयारी
राजा महाराजाको कुनै काम छैन : माधव नेपाल
राजतन्त्रको औचित्य छैन: माधव नेपाल
यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार : माधव नेपाल
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल