हवाई मार्गहुँदै जिल्ला बाहिरिनेलाई अनिवार्य परिचय पत्र

रासस

शुक्रबार, ११ भदौ २०७८, १४ : १८
हवाई मार्गहुँदै जिल्ला बाहिरिनेलाई अनिवार्य परिचय पत्र

सिमकोट । सिमकोट विमानस्थलले हवाई मार्गहुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्लाबाहिर जान सकिन्थ्यो ।  

विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्गहुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रबधान  गरिएकोे जानकारी दिए। उनका अनुसार अन्य विमानस्थलका यस्तो प्राबधान छ । 
 

प्रतिक्रिया दिनुहोस