मेगा म्युचुअल फण्ड–१ मा हालसम्म कै उच्च आवेदन , योजनाको आकार बढाईने

सफल खबर संवाददाता

शुक्रबार, ११ भदौ २०७८, १२ : ५३
मेगा म्युचुअल फण्ड–१ मा हालसम्म कै उच्च आवेदन , योजनाको आकार बढाईने

काठमाडौं । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ का इकाईहरुमा माग गरिए भन्दा बढीको आवेदन परेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । 

यस योजनाको प्रति इकाई १० का दरको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवर्धक मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखिएको थियो ।

बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको दुई दिनमै मागभन्दा बढि आवेदन प्राप्त भई चौथो दिनसम्ममा सर्वसाधारण लगानी कर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप १ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको मेगा क्यापिटलले जनाएको छ । जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको हो ।

नेपालको वित्तीय इतिहासमा हालसम्मकै म्युचुअल फन्डमा सवैभन्दा धेरै आवेदन ‘मेगा म्युचुअल फन्ड–१’ मा प्राप्त भएको क्यापिटलको दावी छ ।मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि इकाईहरु बाँडफाँड गरिने पनि क्यापिटलले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस