मकवानपुर । मकवानपुरमा मालबाहक ट्रक अनियन्त्रित भइ खोलामा खस्दा एक जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको माल वाहक ट्रक अनियन्त्रित भइ त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ सानुटारको राप्ती खोलामा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको मालवाहक आईचर ट्रक आफै अनियन्त्रित भई राप्ती खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उक्त दुर्घटनामा ट्रकमा सवार अन्दाजी ३० वर्षको एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको उनले बताए। मृत्यु हुने व्यक्तिको सनाखत हुन नसकेको नायव उपरीक्षक रिमालले बताए । त्यसैगरी, दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ भदौ २०७८, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
दाउन्नेमा भुस बोकेको ट्रक पल्टियो, पूर्व-पश्चिम राजमार्ग एकतर्फी सञ्चालन
काठमाडौँ आउँदै गरेको ट्रक पल्टियो, १९ वटा खसीबोका मरे
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
त्रिशुलीमा खस्यो ट्रक
दाङमा गुडिरहेको ट्रकमा आगलागी, ट्रक जलेर नष्ट