काबुल । अफगानिस्तानमा तालिबानले दुईजना पत्रकारमाथि कुटपिट गरेका छन् । अफगान निजी टेलिभिजन च्यानल टोलो न्युजका दुईजना पत्रकारलाई तालिबानले बन्दुकले पिटेका हुन् । टोलो न्युजले ट्वीट गर्दै आफ्ना दुईजना पत्रकार कुटिएको जनाएको छ ।
पत्रकार जैर याद र बीस मजीदी अफगानिस्तानको राजधानी काबुलको सहर–ए–नीव क्षेत्रमा बेरोजगार मजदुरहरुको भिडियो बनाइरहेका बेला तालिबानले उनीहरुमाथि कुटपिट गरेको बीबीसीले जनाएको छ ।
पत्रकार जैर यादले आफूहरुले पत्रकार परिचय पत्र देखाउँदा पनि थप्पड हानेको बन्दुकले पिटेको बताएका छन् । उनले तालिबानले आफूहरुको मोबाइलसमेत लिएको बताए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १० भदौ २०७८, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने