टर्कीले अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता बोलायो

एजेन्सी

विहीबार, १० भदौ २०७८, १३ : ५०
टर्कीले अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता बोलायो

टर्की । टर्कीले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता बोलाउन सुरु गरेको घोषणा गरेको छ । 

नेटोको हिस्साको रुपमा अफगानिस्तानमा टर्कीका ५०० भन्दा बढी सैनिक तैनाथ थिए । यसअघि काबुल विमानस्थल चलाउनका लागि ३१ अगस्टपछि टर्कीको सैन्य उपस्थिति रहने अनुमान लगाइएको थियो । 

समाचार एजेन्सी एएफपीका अनुसार टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले बुधबार अफगानिस्तानमा स्थिरताको आवश्यकता भएको बताएका छन् । 

उनका अनुसार टर्की यो लक्ष्य हासिल गर्नका लागि अफगानिस्तानमा सबै पक्षसँग निकट छलफल जारी राख्नेछ । 

 

प्रतिक्रिया दिनुहोस