प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, प्रदेश प्रमुखले गराए सपथ

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, १२ : २४
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, प्रदेश प्रमुखले गराए सपथ

काठमाडौं ।  प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । आचार्यले केही बेर अघि प्रदेश प्रमुख सामु शपथ लिएका छन् ।

यसअघि मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका थिए । उनको राजीनामा तत्कालै स्वीकृत भएर आचार्यको नियुक्तिसँगै शपथ भएको छ । यसअघि आचार्य प्रदेशसभामा एमाले पार्टी संसदीय दलको नेता चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस