यस्तो छ गण्डकीका अर्बपति मन्त्रीको सम्पति  विवरण

पत्रपत्रिकाबाट

विहीबार, १० भदौ २०७८, ०७ : ५९
यस्तो छ गण्डकीका अर्बपति मन्त्रीको सम्पति  विवरण

पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् ।

कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गत २९ जेठमा पोखरेल नेतृत्वमा नयाँ सरकार बनेको थियो ।

सार्वजनिक सम्पत्ति विवरणमा मुख्यमन्त्री पोखरेलले आफ्नो २५ लाख रुपैयाँ ऋण देखाएका छन् भने सबैभन्दा धनी मन्त्रीमा विन्दुकुमार थापा देखिएका छन् । थापाको सम्पति विवरण हेर्दा उनी अर्बपति मन्त्रीको रूपमा देखिएका हुन् । उनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।

यस्तो छ अर्ब पति मन्त्रीको सम्पति
– पोखराका विभिन्न ६ स्थानमा घर र आठ ठाउँमा जग्गा
– पोखरामा घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायतमा करोडां लगानी
– पोखराको नयाँ बजारमा ३ हजार ९ सय ११ वमीमा घर छ ।
– नयाँ बजारमै ४ हजार ९ सय ९४ वमीमा अर्को घर छ
– यस्तै, सिटी ट्रेड मल, लेकसाइडस्थित पोखरा बुटिक होटलमा मुख्य लगानी
– पर्यटकीय स्थल लेकसाइडस्थित बगैंचा रिसोर्ट, गण्डकी ट्रेड मल, सिटी ट्रेड मल, अंशुभरा स्क्युवार प्रालि, हिमालयन रिसोर्टको स्वामित्व
– ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा छ ।
– विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद
– आफूसहित सगोलको परिवारमा गरी ७ लाख ५० हजार कित्ता सेयर
– ५ बैंकमा ३१ करोड ३ लाख ७० हजार ऋण तिर्न बाँकी
– दुई गाडी
राजधानी दैनिकबाट
 

प्रतिक्रिया दिनुहोस