चितवनका कृष्णप्रसाद खनाल गए नेकपा एकीकृत समाजवादीमा

सफल खबर संवाददाता

बुधबार, ०९ भदौ २०७८, १६ : ३९
चितवनका कृष्णप्रसाद खनाल गए नेकपा एकीकृत समाजवादीमा

चितवन । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले नेकपा एमाले त्याग गरेका छन ।

एमाले चितवनका नेता मन्त्री खनालले बुधबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्तामा हस्ताक्षर गरेपछि नेकपा एमाले त्याग गरेका हुन । उनले केन्द्रीय सदस्यहरुको तर्फबाट ५२ नम्बरमा सनाखत गरेका छन ।

उनी निकट स्रोतले जनाएअनुसार मन्त्री खनाल मंगलबार साँझ हेटौंडाबाट सिधै चन्द्रागिरी रिसोर्ट पुगेका थिए । नेता खनाल यसअघि नेकपा एमाले चितवनको इन्चार्ज  थिए । उनी चितवन क्षेत्र नम्बर २ बाट वाग्मती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भएका थिए ।

निर्वाचन आयोगले ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत गरेको छ ।

भारतमा उपचाररत रहेका नेता झलनाथ खनालको पनि आयोगले सनाखत गरेको छ । उनले दूतावासमार्फत पठाएको पत्रका आधारमा सनाखत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस