‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व’

एजेन्सी

बुधबार, ०९ भदौ २०७८, १४ : ३१
‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व’

अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको जी–७० का नेताको भनाइ रहेको छ । 

युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले सो कुरा बताएका हुन । उनले भने, यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा छ, त्यहाँका नागरिक समस्यामा परिरहेका छन् त्यसैले यस्तो बेलामा उनीहरुलाई सहयोग गर्नु हाम्रो नैतिक दायित्व हो ।

उनका अनुसार यसका लागि युरोपियन युनियनआबद्ध सबै राष्ट्र एकताबद्ध भएका छन् । उनीहरुले यस्तो अवस्थाको अफगानिस्तानलाई हामीले सहयोग गर्नुपर्छ भन्ने छ । 

उनले भने, यो विश्वकै चासोको तथा दायित्वको कुरा हो र हामी युरोपेली युनियनमा आबद्ध देश पनि यसमा प्रतिबद्ध छौँ । उनले युरोपियन युनियनले अफगानिस्तानका लागि मानवीय सहायतालगायतको सहयोगको प्रस्ताव पनि गर्नेछ । यसका लागि युनियनले बजेट छुट्याउने पनि उनले जानकारी दिए। 

हाल अफगानिस्तानलाई त्यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जामा लिएका छन् । जसका कारण त्यहाँबाट पश्चिमा राष्ट्रका कर्मचारी, सेना तथा सहायताकर्मी सङ्घसंस्था पनि बाहिरिएका छन् ।