काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अन्ततः एमाले पार्टी छोडेका छन् । उनले एकीकृत समाजवादी पार्टी रोजेका छन् । माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीले खनाललाई वरिष्ठ नेता बनाएको छ ।
हाल नयाँ दिल्लीमा उपचार गराइरहेका खनालले निर्वाचन आयोगमा आफू एमालेमा नरहेको र एकीकृत समाजवादीमा रहेको सनाखत वारेसनामा पठाउने तयारी गरेका छन् ।
खनाल निकट स्रोतका अनुसार उनले एमाले परित्याग गरेका छन् र नवगठित नेकपा एकीकृत समाजवादीको वरिष्ठ नेता बनेका छन्। भोलि निर्वाचन आयोगमा खनालले सनाखत गर्नका लागि आफ्नो मन्जुरीनामा पठाउने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ भदौ २०७८, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा