काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अन्ततः एमाले पार्टी छोडेका छन् । उनले एकीकृत समाजवादी पार्टी रोजेका छन् । माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीले खनाललाई वरिष्ठ नेता बनाएको छ ।
हाल नयाँ दिल्लीमा उपचार गराइरहेका खनालले निर्वाचन आयोगमा आफू एमालेमा नरहेको र एकीकृत समाजवादीमा रहेको सनाखत वारेसनामा पठाउने तयारी गरेका छन् ।
खनाल निकट स्रोतका अनुसार उनले एमाले परित्याग गरेका छन् र नवगठित नेकपा एकीकृत समाजवादीको वरिष्ठ नेता बनेका छन्। भोलि निर्वाचन आयोगमा खनालले सनाखत गर्नका लागि आफ्नो मन्जुरीनामा पठाउने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ भदौ २०७८, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल