पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अखिल (क्रान्तिकारी) को आग्रह

सफल खबर संवाददाता

मंगलबार, ०८ भदौ २०७८, ११ : ०२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अखिल (क्रान्तिकारी) को आग्रह

file Photo

काठमाडौं । अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ । क्रान्तिकारीका तर्फबाट अध्यक्ष हरिकृष्ण गजुरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग आग्रह गरिएको छ । 

अन्यथा मूल्यवृद्धिविरुद्ध सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी क्रान्तिकारीले दिएको छ । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक तर्फ) मा प्रतिलिटर २–२ रुपैयाँको दरले र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ)मा १६ अमेरिकी डलर प्रतिकिलोलिटर र खाना पकाउने एल.पी. ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएको थियो ।