हिमालयन बैंक र वन पैदावार उद्योगी बिच कर्जा प्रवाह सम्बन्धी सम्झौता

सफल खबर संवाददाता

मंगलबार, ०८ भदौ २०७८, ०८ : ०६
हिमालयन बैंक र वन पैदावार उद्योगी बिच कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच विशेष कर्जा प्याकेजको व्यावसायिक सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यहरूलाई एसएमईअन्तर्गत १२ करोड रुपैयाँसम्मको विशेष कर्जा प्याकेज प्रदान गर्ने जनाइएको छ ।

सम्झौताअन्तर्गत बैंकले न्यूनतम ब्याजदर, कर्जाशुल्क, प्रतीतपत्र वा बैंक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बैंक जमानत जारी गर्ने उल्लेख गरिएको छ । उक्त सेवा महासंघका सदस्यहरूले बैंकका सम्पूर्ण शाखाहरूबाट सहज रूपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकले ७१ शाखा, १ सय ४६ एटिएम र ५ हजारभन्दा बढी पिओएस टर्मिनलहरूबाट  ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । बन पैदावार व्यवसायी संघका अध्यक्ष मन्जिलबाबु मास्केले कर्जा सम्बन्धी सम्झौताले संकटमा परेको व्यवसायलाई सूचारू गर्न सहयोग पुग्ने र यसबाट अधिकतम लाभ लिन व्यवसायीहरूलाई आग्रह गरेका छन् ।