काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले १० बुँदे सहमति कार्यान्वयन र पार्टी एकता जोगाउन अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेको बताएका छन् ।
बालकोटमा भएको वार्तापछि पत्रकारसँग कुरा गर्दै भट्टराईले सबै नेता कार्यकर्तालाई समान व्यवहार गर्ने र सबैका पुराना जिम्मेवारी यथावत राख्ने प्रतिबद्धतासमेत अध्यक्ष ओलीले व्यक्त गरेको जानकारी दिए ।
भट्टराईले भने, ‘अध्यक्ष कमरेडले अत्यन्तै सकारात्मक धारणा व्यक्त गर्नुभएको छ । पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार छु भन्नुभएको छ । कसैप्रति भेदभाव र अन्याय हुँदैन भन्ने सुनिश्चितता अब स्थायी कमिटी बैठकले गर्छ र अध्यक्षले गर्नुभएको छ । अब सबै साथीहरूलाई विभाजनको पक्षमा नलागी एकतामा लाग्न आह्वान गर्छु ।’
माधव नेपालकै समूहमा रहेर हाल विभाजनमा नलागेका नेता भट्टराईले पार्टी विभाजनको बाटो छाडेर एमालेमा फर्किन आफूहरूले आग्रह गरेको र भोलिको स्थायी कमिटी बैठकले पनि अपील गर्ने बताए । नेपाललाई विभाजनमा साथ दिएकाहरूलाई पनि पार्टीमा फर्किन उनले आग्रह गरे ।’
आफूहरूले माधव नेपाललाई पार्टी विभाजनका लागि साथ नदिएको र उतिबेलै अलग पार्टी बन्ने सन्दर्भमा साथ नरहने उतिबेलै जानकारी दिएको समेत भट्टराईले बताए ।
उनले माधव नेपालले हतार गरेको भन्दै दुई दिनपछिमात्र नेपालको बारेमा थप टिप्पणी गर्ने बताए ।भट्टराईले माधव नेपाल दल दर्ताबाट एमाले एकतामै फर्किए कारवाही फिर्ता हुने समेत जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ भदौ २०७८, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह
‘पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी हौँ तर अन्य दलहरूसँग एमाले एक छ’ : योगेश भट्टराई
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई