बलबहादुर र अस्मिताको स्वरमा रहेको 'मन कि मन्जरी 'गीत सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, ०७ भदौ २०७८, १४ : ३९
बलबहादुर र अस्मिताको स्वरमा रहेको 'मन कि मन्जरी 'गीत सार्वजनिक

काठमाडौं । बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मन्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृट बनेको छ ।

बलबहादुर द भोइस अफ नेपाल सिजन दुईको उत्कृष्ट नौमा पर्न सफल भएको थियो भने अस्मिता नेपाल आइडल सिजन दुईको फाइनलिस्ट हुन।बलबहादुरको यसअघि सार्वजनिक गीत ‘जेल पनि सहुँला’लाई स्रोतारदर्शकले अत्यधिक मन पराएका थिए ।‘मेरा अन्य गीत जस्तै यो सार्वजनिक गीतलाई पनि स्रोतारदर्शकले माया गरिदिनेमा आशावादी रहेको छु’, बलबहादुरले भने ।

 

प्रतिक्रिया दिनुहोस