काठमाडौँ । संवैधानिक समयसीमाभित्रै प्रक्रिया सुरु गरेर पार्टीको वैधानिकता जोगाउने निर्णय लिएको कांग्रेसले पार्टीका क्रियाशील सदस्यता विवाद अझै टुंगोमा पुगेको छैन । जसका कारण देशभरका कार्यकर्तालाई अन्योल भएको छ ।
साउन ३० को केन्द्रीय कार्यसमितिको बैठकले भदौ १८ बाट प्रक्रिया सुरु गरी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने निर्णय लिएको थियो । राजनीतिक दलको महाधिवेशनका लागि संविधानले तोकेको साढे पाँच महिनाको समयसीमा कांग्रेसको हकमा यही भदौ १९ बाट सकिँदै छ । पार्टीको वैधानिकता जोगाउन कांग्रेसले समयसीमाभित्रै प्रक्रिया सुरु गराई तीन महिनापछि केन्द्रीय महाधिवेशन धकेलेको थियो ।
वडा तहको अधिवेशन भदौ १८ मा सुरु गरेर दसैंअघि जिल्ला तहका अधिवेशन सक्ने र त्यसपछि प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको पछिल्लो कार्यतालिका छ । वडा अधिवेशन आउन दुई साता पनि बाँकी छैन । तर, वडा तहका मतदाता रहेका क्रियाशील सदस्यताको सूची महादेवप्रसाद यादवको संयोजकत्वमा गठित निर्वाचन समितिले अहिलेसम्म पाएको छैन ।
क्रियाशील सदस्यता वडा, गाउँ र नगर अधिवेशनका मतदाता हुन्छन् । तीनै सदस्यताबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि क्षेत्र र जिल्लाका मतदाता हुन्छन् । क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चुनिन्छन् । जुन केन्द्रीय महाधिवेशनका मतदाता रहन्छन् ।
सदस्यता विवाद मिलाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू मीनेन्द्र रिजाल र रमेश लेखकले प्रयास गरिरहेका छन् । यसअघि केन्द्रीय कार्यसमितिले भदौ २ भित्र विवाद समाधान गरेर सभापतिलाई अन्तिम प्रतिवेदन बुझाउने निर्णय गरेको थियो ।
आइतबारसम्म सदस्यताको प्रतिवेदन सभापतिलाई बुझाउन नसक्दा पछिल्लो कार्यतालिका पनि प्रभावित हुने चिन्ता कांग्रेसका नेता–कार्यकर्तामा परेको छ । नेता लेखकले पार्टीको समायोजनसँग सम्बन्धित विवाद टुंगोमा पुगिसकेको दाबी गरे । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०७ भदौ २०७८, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै