बारा । बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टागियामा गएराति प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, बारा निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र ३५ वर्षीया सुनैनादेवी साह रहेका छन् ।
दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०६ भदौ २०७८, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु