काठमाडौँ । माओवादी केन्द्रको नेताहरुको कार्य विभाजन गर्न छलफल सुरु गरेको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनलगायतको तयारीलगायतका सांगठानिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो ।
आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो, ‘सांगठानिक कतिपय विषयहरुको बारेमा निर्णय लिन केन्द्रिय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो । केन्द्रिय समितिको रिक्त पद पूर्ति गर्ने कि नगर्ने ? प्रदेशमा रहेका रिक्त पदाधिकारी पूर्ति गर्ने कि नगर्ने? केन्द्रिय सदस्यहरुको कार्य विभाजन गर्ने, विषयमा स्थायी समितिले निर्णय लेओस भनेर केन्द्रिय समिति बैठकले निर्देशन दिएको थियो ।
उनका अनुसार आजको बैठक मुख्यरुपमा यही विषयमा केन्द्रित थियो ।
भोली विहान ११ बजे बस्ने बैठकले त्यसबारेमा आवश्यक निर्णय लिनेछ । त्यसको साथसाथै पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने र त्यो सम्मेलनलाई केन्द्रविन्दुमा राखेर सदस्यता नविकरण, वितरण देखि वडा अधिवेशन, प्रदेश अधिवेशनसम्मको अधिवेशन र सम्मेलनहरु तय गरेको सन्दर्भमा हाम्रो निर्वाचन आयोगले निर्वाचन निर्देशिका तयार गरेर तल पठाउने र त्यसका आधारमा सबै अधिवेशन र कमिटीहरु निर्माण हुने भएकाले निर्वाचन निर्देशिका तल पठाउने बारेमा पनि आजको बैठकमा छलफल भयो । बैठक भोलि पनि बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ भदौ २०७८, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको प्रष्टीकरण-‘विद्यालाई नारायणकाजीले भेटेकोबारे पार्टीलाई जानकारी छैन’
कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र
सभापतिदेखि सबैमाथि छानबिन गरियोस् : हितराज पाण्डे
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड