रहेनन् ‘बखते’

सफल खबर संवाददाता

शनिबार, ०५ भदौ २०७८, १७ : ५७
रहेनन् ‘बखते’

काठमाडौँ । कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ । कोरोना संक्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको शनिबार बिहान निधन भएको हो । तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए ।

उनले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाइलोलगायतका टेलिसिरियलमा अभियन गर्दै आएका थिए । उनी हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित थिए । उनले राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्र समेत निर्माण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस