बेइजिङ । चीनमा एक दम्पतिले तीन सन्तान जन्माउन सक्ने भएका छन् । सरकारले शुक्रबार थ्री-चाइल्ड पोलिसीलाई आधिकारिक मान्यता दिएको छ । जन्मदरमा कमी आएपछि सरकारले यस्तो नियम ल्याएको हो ।
साथै, सरकारले नागरिकलाई बच्चा जन्माउन प्रेरित गर्न आर्थिक सहायता पनि दिने भएको छ । बच्चाको शिक्षा, दिक्षा, पालन र पोषणको बोझ अभिभावकलाई पर्न नदिन सरकारले मद्दत पनि गर्ने भएको छ ।
वान चाइल्ड पोलिसी लागू भएको तीन दशकमा चीनले ४० करोड जनसंख्यालाई रोक्न सकेको छ । चीनमा १० वर्षमा एकपटक जनगणना हुने गरेको छ ।
पछिल्लो दशकमा त्यहाँको जनसंख्या वृद्धिदर निकै सुस्त भैरहेको छ । पाँच वर्षमा नै चीनले टु-चाइल्ड पोलिसीमा परिवर्तन गरेको हो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०५ भदौ २०७८, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण