काबुल । अफगानिस्तानमा नयाँ सरकारको गठनको उद्देश्यले तालिबानका सह संस्थापक मुल्ला अब्दुल गनी बरादर काबुल पुगेका छन् ।
काबुलमा उनी तालिबानका अन्य सदस्य र नेतासँग कुराकानी गर्नेछन् ।
तालिबानका एक वरिष्ठ अधिकारीले सामाचार एजेन्सी एएफपीसँगको कुराकानीमा भने, ‘उनले एक समावेशी सरकार स्थापनाका लागि काबुलको जिहादी नेता र अन्य मानिसहरुलाई भेट्नेछन् ।’
मुल्ला गनी बरादरलाई सन् २०१० मा पाकिस्तानबाट पक्राउ गरिएको थियो । सन् २०१८ मा उनलाई कतार पठाइएको थियो । बरादरलाई दोहामा अमेरिकी सैनिकको फिर्ताको सम्झौतामा हस्ताक्षरका लागि तालिबानको राजनीतिक कार्यालयका प्रमुख नियुक्त गरिएको थियो ।
मुल्ला गनी बरादर मंगलबार कतारबाट अफगानिस्तानको दोस्रो ठूलो शहर पुगेका थिए जसलाई तालिबानको जन्मस्थल पनि मानिन्छ । तालिबानले काबुलमा कब्जा गरेको केही घण्टाभित्रे यसपटक उनीहरुको शासन ‘भिन्न’ हुने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०५ भदौ २०७८, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने