हाँस्यकलाकार शम्भुराज थापाको कोरोना संत्रमणबाट मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०५ भदौ २०७८, ०९ : ०७
हाँस्यकलाकार शम्भुराज थापाको कोरोना संत्रमणबाट मृत्यु

काठमाडौं । चर्चित हाँस्यकलाकार शम्भुराज थापाको कोरोना  संक्रमणबाट मृत्यु भएको छ । एक महिना अगाडि कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएका थापालाई पाटन अस्पतालमा भर्ना गरेर नियमित उपचार भइरहेको थियो ।

६४ वर्षीय थापाको उपचारकै क्रममा आज बिहान साढे ४ बजे निधन भएको हो । थापाले हास्य टेलिश्रृंखलाहरू( हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायत तथा केही चलचित्रमासमेत अभिनय गरेका थिए ।

उनको निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् । थापाको श्रीमती, एक छोरी र एक छोरा छन् । उनको शनिबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस