काठमाडौँ । दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत रहेका नेता झलनाथ खनालले माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीको समर्थनमा रहेको बताएका छन् ।
एमालेबाट विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा झलनाथ खनालको नाम वरिष्ठ नेतामा रहेको छ । हाल दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनाल नयाँ पार्टी बनेपनि मौन बस्दै आएका थिए । एमाले संस्थापनले नयाँ पार्टीमा खनालको संलग्नता नरहेको दावी गर्दै आएका बेला खनालले नयाँ पार्टीलाई आफ्नो साथ र समर्थन रहेको औपचारिक रुपमा उल्लेख गरेका छन् ।
खनालको सचिवालयले नयाँ पार्टीलाई एमालेका पूर्वअध्यक्ष समेत रहेका उनको साथ र समर्थन रहेको स्पष्ट पारेको हो । खनालको आधिकारिक फेसबुकमा सचिवालयले लेखेको छ, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं ।’ माधव नेपालको नेतृत्वमा नेकपा समाजवादी पार्टीले आजै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ भदौ २०७८, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल