काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले यसअघि प्रस्ताव गरेको जसपा (लोकतान्त्रिक) पार्टीको नाम परिवर्तन गरेसँगै कार्यकारिणी समिति सदस्यपछि थप गरेको छ ।
निर्वाचन आयोगमा विवरण अध्यावधिक गरेर पुनः दल तथाका लागि दिइएको निवेदनमा ७ जना कार्यकारिणी समिति सदस्य थप गरिएको छ । थप गरिएको कार्यकारिणी समिति सदस्यमा सुरिता कुमारी साह, निलम शर्मा, पुष्पा ठाकुर, कमला कुमारी गुरुङ, निलम कुमारी यादव, प्रेमा चौधरी, रुकमीनी कुमारी देवी भण्डल रहेका छन् ।
यसअघि २४ जनाको कार्यकारिणी समिति रहेकोमा त्यस समितिमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नरहेकाले विधान संशोधन गरेर ७ जना महिला सदस्य थपिएको लोसपाले आयोगमा बुझाएको विवरणमा उलेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ भदौ २०७८, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपा नेपालको महाधिवेशन अनिश्चित
लोसपा जिल्ला अध्यक्षसहित ६५ जना माओवादी केद्रमा प्रवेश