प्रधानमन्त्री देउवाले गरे कुम्भेश्वर मन्दिरको जिर्णोद्धार अनावरण

सफल खबर संवाददाता

शुक्रबार, ०४ भदौ २०७८, १२ : ४२
प्रधानमन्त्री देउवाले गरे कुम्भेश्वर मन्दिरको जिर्णोद्धार अनावरण

काठमाडौं । ललितपुरको प्रसिद्ध कुम्भेश्वर महादेव मन्दिरको जिर्णोद्धार सम्पन्न भएको छ । जिर्णोद्धारको अनावरण प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गरे ।

पत्नी आरजुसहित कुम्भेश्वर पुगेका देउवाले मन्दिरका पुजारीबाट प्रसाद ग्रहणसमेत गरेका थिए । २०७२ वैशाख १२ र २९ गते आएको भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो । झण्डै तीन करोड रुपैयाँमा मन्दिरको जिर्णोद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस