रूक्माङ्गद कटवालको प्रश्न - विश्वमा इसाई, मुस्लिम, बुद्धिष्ट राष्ट्र हुँदा हिन्दु राष्ट्र चाँहि किन नहुने ?

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, १८ : २९
रूक्माङ्गद कटवालको प्रश्न - विश्वमा इसाई, मुस्लिम, बुद्धिष्ट राष्ट्र हुँदा हिन्दु राष्ट्र चाँहि किन नहुने ?

काठमाडौं । विहीबार हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले सुरू गर्न लागेको राष्ट्रव्यापी हिनदुत्व जागरण अभियानमा नेपाली सेनाका पूर्व सेनापती रूक्माङ्गद कटवाल कार्यक्रममा बोल्दैविश्वमा इसाई, मुस्लिम, बुद्धिष्ट राष्ट्र हुनु हुँदा हिन्दु राष्ट्र चाँहि हुन किन नहुने भन्दै प्रश्न गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका राष्ट्रिय संयोजक रूक्माङ्गद कटवालले नेपालमा सबैलाई जोड्ने संस्कृति हिन्दू संस्कृति भएकोले हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु अभियान शुरु भएको बताए । उनले हिन्दु राष्ट्र धार्मिक विषय मात्रै नभएर नेपालको परम्परा देखिको साँस्कृतिक पहिचान भएको बताए । उनले सबै नेपालीको पहिचान, सम्मान, स्वाभिमान, अभिभाज्यतालाई बलियो बनाउन हिन्दुराष्ट्र चाहिएकोमा जोड दिए ।

उनले कार्यक्रममा बोल्दै “आज नेपाली धर्म संसकार र संस्कृती माथी चौतर्फी आक्रमण बढी रहेकोले हामी सम्पूर्ण नेपालीहरू एक जुट भएर अगाडी बढनु पर्ने भएकोले म आफै यो राम्रो कार्य भएको महशुस गर्दै हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको राष्ट्रिय संयोजक बनेर नेपाल र नेपालीको हित र कल्याणका लागि अगाडी बढेकोले सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनीहरूलाई यस अभियानमा जोडिन आवहान समेत गरेका छन् ।

सनातन पुर्वीय विचारलाई आतमासाथै गर्दे नेपालमा लामो समय देखी काम गर्दै आईरहेका हिन्दुत्वका अभियानताहरू मिलेर नेपाल राष्ट्रलाई  विश्वमा पुनः हिन्दू राष्ट्रको रूपमा स्थापित गर्नेका लागि राष्ट्र व्यापी हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान सुरू गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस