काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरी अस्वस्थ भएका छन् । घाँटीमा गम्भीर समस्या देखिएपछि मुम्बईको हिन्दुजा अस्पतालमा उनको उपचार भइरहेको छ । चिकित्सकहरुले क्यान्सरको आशंका गरेर उपचार अगाडि बढाएका छन् ।
उनको उपचारमा अस्पतालका डा. सुल्तान प्रधान नेतृत्वको टिम खटिएको छ । ‘घाँटीमा देखिएको गम्भीर समस्याबारे उपचार भइरहेको छ । क्यान्सरको आशंका छ तर डिक्लियर भइसकेको छैन’, गिरीनिकट स्रोतले भन्यो ।
यसैबीच, गिरीलाई भेट्न नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि मुम्बई जाने भएका छन् । जनकपुरमा रहेका उनी उतैबाट भारतको दरभंगा हुँदै मुम्बई जानेछन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ भदौ २०७८, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक