कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, ०८ : ०९
कस्तो रहला आजको मौसम ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा  वर्षा हुने जनाएको छ ।अहिले गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

नेपालमा अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यून चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ । बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापिय प्रणाली रहेको छ ।

प्रतिक्रिया दिनुहोस