वाग्मती प्रदेशमा महिला मुख्यमन्त्री, अष्टलक्ष्मी शाक्यले लिईन् सपथ

पत्रपत्रिकाबाट

विहीबार, ०३ भदौ २०७८, ०७ : ४२
वाग्मती प्रदेशमा महिला मुख्यमन्त्री, अष्टलक्ष्मी शाक्यले लिईन् सपथ

काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी र नेकपा एमालेमा भएको विभाजनलगत्तै वाग्मती प्रदेशले महिला मुख्यमन्त्री पाएको छ। एमाले केन्द्रीय उपाध्यक्ष एवं प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएकी हुन्। उनलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।

एमाले वाग्मती प्रदेश संसदीय दलका नेता एवं प्रदेश सरकारका मुख्यमन्त्री रहेका डोरमणि पौडेलले पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री भएकी हुन्। पौडेलले बुधबार दिउँसो संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि एमाले वाग्मती प्रदेशसभा संसदीय दलको बैठकले सर्वसम्मतिले दलको नेतामा शाक्यलाई चयन गरेको थियो। प्रदेशसभामा एमाले बहुमतमा छ।

पौडेल २०७४ माघ २८ गते प्रदेश सरकारको मुख्यमन्त्री बनेका थिए। पौडेलले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएपछि एमाले वाग्मती प्रदेश संसदीय दलको बुधबार हेटौंडामा बसेको बैठकले दलको नेतामा शाक्यलाई चयन गरेको दलका प्रमुख सचेतक दीपक निरौलाले बताए। शाक्यलाई दलको नेता बनाउन पौडलले प्रस्ताव गरेका थिए। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस