काठमाडौंका टोल फोहोरले भरिन थाले, सरुवा रोगको महामारी फैलिने जोखिम

पत्रपत्रिकाबाट

विहीबार, ०३ भदौ २०७८, ०७ : ३७
काठमाडौंका टोल फोहोरले भरिन थाले, सरुवा रोगको महामारी फैलिने जोखिम

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरू फोहोरको डङ्गुरले भरिन थालेका छन् । काठमाडौं महानगरपालिकाले समयमा नै फोहोर उठाउन नसक्दा विगत १५ दिनदेखि फोहोर थुप्रन पुगेको हो ।

महानगरपालिकाका अनुसार झरी र हिलोले सडक अस्तव्यस्त भएकाले नुवाकोटको औखरपौवा ९सिसडोल०स्थित ल्यान्डफिल्ड साइटमा गाडी जान नसकेर फोहोर नउठेको हो । काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर सहरवासीलाई फोहोर बाहिर ननिकाल्न भनेको छ । जसका कारण काठमाडौंवासी टोलटोल र घरघरमा नै फोहोर थुपार्न बाध्य भइरहेका छन् ।

दुई हप्तादेखि तीन हप्तासम्मको फोहोर कोठाभित्रै राख्नुपर्ने समस्या आइपरेपछि कतिपयले रातिराति चोक, सडक र नदी किनारमा फोहोर फाल्न थालेका छन् जसका कारण सरुवा रोगको महामारी फैलिने जोखिमसमेत बढेको छ । राजधानी दैनिकमा खबर छ ।