वडा कार्यालय भवनको मेयर शाक्यले गरे शिलान्यास

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, १६ : ३६
वडा कार्यालय भवनको मेयर शाक्यले गरे शिलान्यास

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वडा नम्बर १२ को कार्यालय भवन शिलान्यास गरेका छन ।टेकुमा निर्माण हुने वडा कार्यालय भवनको लागत अनुमान ४ करोड २५ लाख ३२ हजार ४ सय ४८ रुपैयाँ रहेको बताइएको छ । भवन २०७९ असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भवनको शिलान्यास गर्दै मेयर शाक्यले काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा सुविधा सम्पन्न आधुनिक भवन बनाउन आफुहरू तयार रहेको बताए । बाहिरी स्वरुपमा मौलिकता कायम गर्ने र भित्र सबै आधुनिकता झल्किने गरी भवन निर्माण गरिने उनले बताए ।

६ तले भवनमा कार्यालयका लागि आवश्यक कार्यकक्ष, ५० जना क्षमताको कार्यक्रम हल, भूमिगत पार्किङको व्यवस्था, ६ जना क्षमताको लिफ्टको व्यवस्थासमेत हुने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस