पानी रोकिएपछि काठमाडौंको फोहोर उठ्छ: मेयर शाक्य

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, १६ : २९
पानी रोकिएपछि काठमाडौंको फोहोर उठ्छ: मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकेको जनाएको छ ।हाल उपत्यकाका विभिन्न शहरमा फोहोर थुप्रिएको छ भने महानगरपालिकाले केही दिनदेखि फोहोर उठाउन नसक्दा प्रदूषण बढिरहेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात्का कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा बिग्रिने हुँदा सहज रुपमा गाडी जान नसकेका बताए ।

वर्षा रोकिएपछि सहज रुपमा फोहोर उठाउने मेयर शाक्यको भनाइ छ । उहाँले बञ्चरेडाँडाको काम छिटो सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्न पनि सरकारसँग माग पनि गरे ।

त्यस्तै सिसडोलदेखि बञ्चरेडाँडाँसम्म जाने बाटो पनि सडक विभागले छिट्टै बनाइदिए फोहोर व्यवस्थापनको समस्या समाधान हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस