काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच वटा बुँदामा प्रतिबद्धता जनाएपनि तत्काल डा गोविन्द केसी अनसन नबस्ने भएका छन् ।
चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. केसी अनशन स्थगित गर्न सहमत भएका छन् । डा केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित पाँचबुँदे राख्दै ३ भदौदेखि आमरण अनशन बस्ने चेतावनी दिएका थिए ।शेरबहादुर देउवाले वार्तामा बोलाएर पाँचबुँदे प्रतिवद्धता जनाएका कारण अनसन स्थगित भएको डा केसीले बताए ।
स्वास्थ्य राज्यमन्त्रीबारे प्रधानमन्त्री देउवाले त्रुटि भएको स्वीकारेका थिए । उनले डा केसीसामु स्वार्थको द्वन्द्व रोक्न कानून बनाउने प्रतिवद्धता जनाएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका विषयमा भएको सम्झौता कार्यावयन गर्ने, पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेको कार्यदलहरुको प्रतिवेदनलाई कानूनी रुप दिने प्रक्रिया मन्त्रिपरिषद् विस्तारपछि अघि बढाउन पनि देउवा सहमत भएका छन् ।
त्यस्तै प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज पुर्याउन निर्माण कार्यलाई तीव्रता दिने प्रतिवद्धता पनि देउवाले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ भदौ २०७८, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी सत्ताबाट देउवाको शान्त बिदाई
यस्तो छ जेनजी आन्दोलनपछि पहिलो पटक देउवाको सम्बोधन (पूर्णपाठ)
जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए देउवा
देउवाको शुभकामना सन्देश : राजनीतिक निकास यही संविधानभित्रबाट खोज्न सकिन्छ
प्रधानमन्त्रीसँग छलफल गरेर निकास खोज्ने गगन-विश्वसँग देउवाको प्रतिबद्धता
बालेनले गरे देउवाको फेसबुक पोस्टमा कमेन्ट - सारै गारो हुने रहेछ भीपीएनबाट चलाउन त !!’