काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अब नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढाउने बताएको छ । सरकारले खुकुलो प्रावधानसहित दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि माधव नेपाल पक्षका नेताहरुले नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढाउने बताएका छन् । उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरिसकेको दावी गरेका छन् ।
वरिष्ठ नेता नेपालले पनि नयाँ पार्टी दर्ताका लागि आफूनिकट नेताहरुसँग टेलिफोनबाट परामर्श गरिरहेका छन्। भेटघाटका कार्यक्रम पनि नेपालले गरिरहेका छन् । नेपाल पक्षका सांसदको भेलामा माधव नेपालले नयाँ पार्टी दर्ताको प्रक्रिया अघि बढाउने बताएका छन् ।
‘अब नयाँ पार्टी दर्ता गरेरै अघि बढ्ने हो। आजका मितिसम्म मिल्ने प्रतिक्षा गर्यौँ। तर अध्यक्ष ओलीले एक्लै वक्तव्य निकालेर अल्मल्याउने मात्रै गरिरहेु, नेपालनिकट नेता जगन्नाथ खतिवडाले भने, ‘एक्लै वक्तव्यबाजी गर्नुभन्दा केपी ओलीले माधव नेपालसँग संयुक्त अध्यक्ष र संयुक्त हस्ताक्षर गर्न तयार भएको भए एमाले मिलिसक्थ्यो।’
नेपाल पक्षले मिल्ने बाटो बन्द गरेर ओलीले विधान संशोधनमार्फत अधिकारहरू आफूमाथि केन्द्रित गरेको पनि आरोप लगाए। ‘सबै अधिकार आफूमाथि केन्द्रित गरिसकेपछि अब हामीलाई एमालेमा कहाँ ठाउँ राखेका छन् र ? खतिवडाले प्रश्न गरे, ‘अब हामीसँग आफ्नो राजनीति र अस्तित्वलाई बढी बल प्रदान गर्न राजनीतिक दल गठन गर्ने मात्रै विकल्प रहेको छ।’
सरकारले अध्यादेश ल्याउने जानकारी पाएको बताउँदै खतिवडाले अब कानुनी रुपमै विभाजन प्रक्रियामा गएर नयाँ ढंगले पार्टी पुनर्गठन गर्ने पनि बताए। नेता नेपालले नयाँ पार्टीको लागि तयार रहन भनेर नेताहरुलाई फोन गरेका हुन्। ‘ओलीले मिल्ने सम्भावनाका सबै ढोका बन्द गरिसके नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अब नयाँ ढंगले जान तयार रहनुहोला।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ भदौ २०७८, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव
इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल
सेनाको सुरक्षाबाट माधव नेपाल पनि निस्किए