लुम्बिनी । लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक सांसद कल्पना पाण्डेलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ ।
हिजो बसेको पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीको सिहारी गाउँपालिका वार्ड ५ बस्ने निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको पूर्व मन्त्री एव जसपाका नेता मोहम्मद ईस्तियाक राइले बताए । उनले भने, ‘हिजो निर्णय भएको छ । आज निर्वाचन आयोगमा दर्ता पनि भइसक्यो ।’
लुम्बिनी प्रदेशमा जसपा ६ सांसद मध्ये तीन जना कारबाहीमा परेका थिए । जसमा सन्तोष पाण्डे र विजय बहादुर यादव प्रत्यक्ष निर्वाचित हुन् । कल्पना पाण्डेय समानुपातिक सूचीमा परेकी थिइन् । उनको ठाउँमा पार्टीले निर्मला मुडभरी भट्टराईलाई पठाएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ भदौ २०७८, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि