सर्लाहीमा पुनः थपियो निषेधाज्ञा

सफल खबर संवाददाता

मंगलबार, ०१ भदौ २०७८, ११ : १८
सर्लाहीमा पुनः थपियो निषेधाज्ञा

काठमाडौं । कोरोना महामारीको जोखिम कायमै रहेकोले प्रभावकारी रोकथामका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले  भदौ ७ गते  १२ बजे सम्मको लागि निषेधाज्ञा  जारी गरिएको छ ।

सर्लाहीमा अहिले पठनपाठन बाहेक सबै सेवा निर्वात रुपमा संचालनमा रहेको छ । कोरोनाको  खोप र पिसिआर चेकजाँचलाई प्राथमिकतामा राखेर रोकथाममा सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । स्कुल संचालन गर्न पाउनुपर्ने माग बारे छ्लफल भए पनि तत्काल खोल्ने निर्णय नभएको समेत महतोले बताए ।

बैठकले कोभिसिल्डको दोस्रो डोज लागाउन बाकी रहेकालाई भदौको दोस्रो साताबाट लगाउन सुरु गरिने छ भने तत्काल कुनै सरकारी तथा निजिसेवा बन्द गर्ने निर्णय नभएको बैठकमा सहभागी नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस