कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई बोर्डको आग्रह

सफल खबर संवाददाता

सोमबार, ३२ साउन २०७८, १८ : १९
कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई बोर्डको आग्रह

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको जनाएको छ ।जापानको अनुदानबाट आउन बाँकी रहेको एस्ट्राजेनेका खोप कक्षा १२ का विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध गरिएको बोर्डका अध्यक्ष प्रा डा। चन्द्रमणि पौडेलले बताए । ‘हामीले अहिले परीक्षार्थीको लागि खोपको पहल गरिरहेका छौं । स्वास्थ्य मन्त्रालय सकारात्मक छ । खोपको टुंगो भएपछि परीक्षा तालिका बनाउने तयारीमा लाग्छौं,’ उनले भने ।

मन्त्रालयले आगामी हप्ताभित्र बाँकी आठ लाख एस्ट्राजेनेका खोप आउने जनाएको छ ।साउन ३१ गतेदेखि हुने परीक्षा कोरोना संक्रमणको जोखिम भएको भन्दै सीसीएमसीले परीक्षा स्थगित गर्न अनुरोध गरेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो ।

बोर्डले पौने चार लाख विद्यार्थीको परीक्षा सञ्चालनका लागि चार हजार तीन सय १० परीक्षा केन्द्रमा भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस